प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषद र नेकपा बैठक जारी
प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषद् र नेकपा बैठक जारी
१८ असार २०७७ काठमाडौं : प्रधानमन्त्री निवासमा वालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवासमै यत्तिखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी, नेकपाको स्थायी कमिटि बैठक समेत बसिरहेको छ ।
नेकपाको स्थायी समितिको बैठकको आज छैठौ दिन पार्टी अध्यक्ष तथा प्राधनमन्त्री केपी शर्मा ओलीले बोल्नु पर्ने भएकोले दुबै बैठक वालुवाटारमा बसेको हो ।
आजको बैठकमा पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले असार १४ मदन जयन्ती कार्यक्रममा राख्नुभएको सरकार हटाउने षडयन्त्र सम्बन्धी विचार र निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले पार्टी सम्बन्धी विषयमा आफ्नो धारणा राख्न बाँकी स्थायी समितिका सदस्यहरुले बोल्दै हुनुहुन्छ ।
नेकपा स्थायी समितिका सदस्यहरु ईश्वर पोखरेल, प्रदिप ज्ञवाली र शंकर पोखरेल लगायतले सो विषयमा आफ्नो धारणा राख्नु हुनेछ ।
स्थायी समिति बैठकमा देखिएको विवादका कारण निर्धारित कार्यसूचीहरुमध्ये सीमा समस्या र समाधानका विषयमा मात्र छलफल भएको छ ।
बैठकका लागि सरकारको कामको समीक्षा, कोभिड १९ को रोकथाम र उपचार, र एमसीसी लगायतका विषयहरु छलफलका लागि तोकिएको छ ।
यसैबीच पार्टीमा देखिएको समस्याका सम्बन्धमा आज विहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष ओली पक्षधर स्थायी समितिका सदस्यहरुसँग परामर्श गर्नुभएको छ ।
