समाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्ला

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्ला

१८ असार २०७७ काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) खुल्ला गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया आज बाट पुनः सुरु भएको हो ।

अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए ।

फर्किन चाहनेले फर्किन पाउने भएपनि नयाँ कामदारले भने तत्कालका लागि श्रम स्वीकृति पाउने छैनन् ।