राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली, सुरु भयो मन्त्रीहरुसँगको छलफल
राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली, सुरु भयो मन्त्रीहरुसँगको छलफल
२० असार २०७७ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यहाँबाट फकिएलगत्तै प्रधानमन्त्री ओली मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलमा जुटेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफलमा जुटेका हुन् ।
