नेकपा स्थायी समिति बैठक अब १६ गते बस्ने
नेकपा स्थायी समिति बैठक अब १६ गते बस्ने
१३ असार २०७७ काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौमा जारी स्थायी कमिटीको बैठकमा आज २१ जना सदस्यहरूले आफ्नो भनाई राख्नुभएको छ ।
आजको बैठकमा समेत हिजो देखि जारी नेपाल र भारत बीच रहेको सिमा समस्या समाधान बारेमा नै छलफल भएको र नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा बोल्ने नेताहरूले नेपालको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्रकाशन र संविधान संशोधनमा देखिएको राष्ट्रिय एकतालाई कायम राख्दै सिमा सम्वन्धी सबै समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणी पोखरेल, टोपबहादुर रायमाझी, रधुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, प्रदिप ज्ञवाली, मणी थापा, घनश्याम भुषाल, शक्ति बस्नेत, योगेश भट्टराई, बामदेव गौतम, पृथ्वीसुब्वा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, र पुष्प कँडेलले आफ्ना भनाईहरु राख्नुभएको भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक असार १६ विहान ११ बजे पुनः बस्ने छ ।