प्रकाश भुजेल बौद्ध प्रहरी हिरासतमा
२८ कार्तिक काठमाडौँ : काठमाडौंमा एक मोटरसाइकललाई ठक्कर दिएर फरार भएका कथित झाँक्री प्रकाश भुजेल प्रहरी हिरासतमा रहेको खुलेको छ । आज दिउँसो काठमाडौंको शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका भुजेलले प्रहरी बृत्त बौद्धमा साँझ मात्र ल्याइएका थिए ।
झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले इन्द्रायणीमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिएको थियो।
घटना लगत्तै उक्त गाडीमा रहेका प्रकाश भुजेल नामका सवारी चालक फरार भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि शंकरापुर अस्पतालमा लगिएको थियो। त्यहाँबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको छ। उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
गम्भीर प्रकारका बिरामीहरुको रोग निको पार्ने भन्दै विभिन्न भ्रम छरेर असुलीधन्दा मच्चाएपछि विवादमा आएका झाँक्री बौद्ध क्षेत्रमै बस्दै आएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रेस प्रतिनिधि पास लिनेदेखि विभिन्न फण्डाहरुमा संलग्न भएका उनले अस्पतालले निको पार्न नसकेका बिरामीहरुको सफल उपचार गरेको झुटो दाबी गर्दै रकम असुल्ने गरेका थिए ।
कथित झाँक्री भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै दम्पत्ती जोडी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै भुजेल फरार भएपछि स्थानीयहरुले सो क्षेत्रमा टायर बालेर ढुंगामुढा समेत गरेका थिए । गम्भीर घाइते दुइजनाको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।