झापामा थपिए अर्का काेराेना संक्रमित

झापामा थपिए अर्का काेराेना संक्रमित

५ जेठ २०७७ काठमाडौं : नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाले उनमा संक्रमण पुष्टि भएको बताएको छ । संक्रमित युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा समेत गरेर ३५८ पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ