नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो
नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो
२४ वैशाख २०७७ काठमाडौं : नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमित संख्या ९९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
