Breakingकोरोनाभाइरसदेशसमाचार

रुपन्देही र नेपालगंजमा पनि भेटिए कोरोना संक्रमित

रुपन्देही र नेपालगंजमा पनि भेटिए कोरोना संक्रमित

१९ बैशाख २०७७ काठमाडौँ : नेपालमा थप २ जना कोरोना संक्रमित फेला परेका छन्। संक्रमित दुइ जना संगै नेपालमा कोरोना संक्रमित को संख्या ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार संक्रमित दुवै पुरुष रहेको र संक्रमित मध्ये एक जना २५ बर्षका पुरुस रहेको र उनि रुपन्देहीका रहेको मन्त्रालय ले जनाएको छ भने अर्का व्यक्ति ६० बर्षीय बाँके, नेपालगंजका रहेका छन्।

दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैजना स्वास्थ्यकर्मिको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना उपचार पछि घर फर्किएका छन्। नेपालमा हाल सम्म कसैको पनि संक्रमणका कारण मृत्यु भएको छैन।