सनिबार थप १८९ जनामा कोरोना पुष्टि, संख्या १४०१ पुग्यो

सनिबार थप १८९ जनामा कोरोना पुष्टि, संख्या १४०१ पुग्यो

१७ जेठ २०७७ काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको बताए ।

कपिलवस्तु १०९
सर्लाही १७
दैलेखका १४ जना
सिरहा ११
सप्तरीका ९
धनुषा ७
रौतहट ६
दाङ ५
महोत्तरी ४
पर्सा २
संखुवासभा २
झापा १
ललितपुर १
बारा १
संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ