कुन देशमा कति छन कोरोना संक्रमित नेपाली ?
कुन देशमा कति छन कोरोना संक्रमित नेपाली ?
३ बैशाख २०७७ काठमाडौँ : विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण परदेशमा रहेका नेपालीहरु पनि प्रभावित बनेका छन्।
विश्वभर १९ लाख ९८ हजार १३८ संक्रमित फेला परेकोमा १ लाख २६ हजार ६०७ जनाको मृत्यु भैसकेको छ। संक्रमित मध्ये चार लाख ७८ हजार ७४१ जना उपचारपछि घर फर्किएका छन्।
त्यस्तै विश्वभर रहेका नेपाली समेत यसबाट अछुतो रहन सकेका छैनन्। विश्वभर आज सम्म ६६५ जना नेपाली संक्रमित फेला परेका छन् भने १४ जना नेपालीको मृत्यु भै सकेको छ। यहाँ उल्लेख गरिएको तथ्यांकमा नेपालमा रहेका संक्रमितको संख्या उल्लेख गरिएको छैन।
सबै भन्दा बढी नेपाली संक्रमित रहेको देश अमेरिकामा हालसम्म ५०० नेपाली संक्रमित फेला परिसकेका छन् भने ५ को मृत्यु समेत भैसकेको छ।
त्यस्तै बेलायतमा हालसम्म १०० नेपाली संक्रमित फेला परिसकेकोमा ८ नेपालीको मृत्यु भैसकेको छ। युएइमा १० नेपाली संक्रमित भेटिएकोमा १ को मृत्यु भैसकेको छ।
त्यस्तै स्पेनमा १८, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, कुवैतमा ५, साउदी अरेबियामा ४, जर्मनीमा ४, बहाराइनमा ३, हँङकङमा १, जापानमा १, मलेसियामा १ र म्यानमार १ नेपालीको मृत्यु भैसकेको छ।
नेपालमा भने हाल सम्म १६ संक्रमित फेला परेकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने अन्य १५ जनाको उपचार जारि छ। नेपालमा हाल सम्म कसैको पनि मृत्यु भएको छैन।