क्रिकेटखेलकुद

एसिसि टी -२०: अर्काको भाग्यमा आफ्नो जीत खोज्दै नेपाली टिम

एसिसि टी -२०: अर्काको भाग्यमा आफ्नो जीत खोज्दै नेपाली टिम

२१ फागुन एसिसि इस्टर्न रिजन टी-२० खेलमा नेपालले शानदार जित दर्ता गर्दै एसिया कप छोनोट हुने आशा गणीतिय हिसाबले जिवितै राखेको छ ।

एसिसि इस्टर्न रिजनको टी -२० खेलमा थाईल्याण्डलाइ ९ विकेटले पराजित गर्दै नेपालले यो आशा जिवितै राखेको हो । जारि एसिसि इस्टर्नको रिजनको टी -२० प्रतियोगिताका शीर्ष दुई टोलीले मात्र एसिया कप छनोटमा स्थान बनाउने छन्।

ईस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई – दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।

यो पटक एशिया कप खेल्ने सपना बोक्दै थाईल्याण्ड पुगेको नेपाल २ खेलमा पराजित भएको छ भने आज भएको खेलमा थाईल्याण्डलाइ ९ विकेटले पराजित गर्दै एशिया कपमा छनोट हुने आशा गणीतिय हिसाबले जिवितै राखेको छ ।

हाल सिगांपुर २ खेलबाट ४ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ भने हङकङको पनि ४ अंक भएपनी नेट रनटेटको आधरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै मलेसिया भने ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

आज हुने अर्को खेलमा हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । आज हुने खेलमा हङकङले सिंगापुरलाई हराए मात्र पुग्दैन् नेपाल छ्नोट हुन नेपालले आफ्नो अन्तिम खेलमा सिगांपुरलाई हराउँनै पर्ने दबाब रहेको छ । त्यसपछि पनि सिरिजको अन्तिम खेलमा हङकङले मलेसियालाइ हराए मात्र नेपाल उपबिजेता बन्दै अगाडी जाने सम्भावना रहने छन् । तर त्यसका लागि समान ४ अंक रहेका नेपाल, मलेसिया र सिङ्गापुर बिच रन रेटमा मलेसिया र सिङ्गापुर् भन्दा नेपाल माथि हुनु पर्नेछ ।

यदी अन्तिम खेलमा सिंगापुरले जित दर्ता गरे नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ ।