कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार
कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार
३ वैशाख२०७७ कैलाली : कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको खुलेको छ । यसअघि ७ बर्षीया बालिकाको सामुहिक बलात्कारको घटना भएको घटना सेलाउन नपाउंदै दोश्रो घटना घटेको हो।
मंगलबार गोठालो गएका बेला साँझ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।
उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए ।
यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
