कोरोनाभाइरस

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

२२ वैशाख २०७७ काठमाडौं : पछिल्लो समय बिदेशमा नेपाली संक्रमित बढ्ने क्रम रहेका बेला कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुस्टि भएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या ८४ पुगेको छ ।

दूतावासको पछिल्लो तथ्यांक अनुसार कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

कुवैत स्थित नेपाली दुताबासमा सम्पर्क गर्ने टेलिफोन नम्बरहरु

Telephone: (00965) 25321603, 25321604, 25321605

HOTLINE NO:98869121

इमेल : eonkuwait@mofa.gov.np