Breakingअन्तरास्ट्रियकोरोनाभाइरससमाचार

अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघ्यो, ५०० नेपालीमा संक्रमण

अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघ्यो, ५०० नेपालीमा संक्रमण

३ बैशाख २०७७ काठमाडौँ : विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको धेरै प्रभाव अहिले अमेरिकामा परेको छ। अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ।

बुधबार सम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख १३ हजार ८८६ पुगेको छ भने २६ हजार ४७ जनाको मृत्यु भैसकेको छ। यहाँ ३८ हजार ८२० जना उपचार पछि घर फर्किएका छन्।

अमेरिकामा अन्य देशको तुलनामा तिब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ।

संक्रमित नेपाली

अमेरिकामा ५०० नेपाली संक्रमित फेला परेका छन् भने ५ संक्रमित नेपालीको मृत्यु भैसकेको छ।

कोरोना सम्बन्धि विश्व का घटना

विश्वभर १९ लाख ९८ हजार १३८ संक्रमित फेला परेकोमा १लाख २६ हजार ६०७ जनाको मृत्यु भैसकेको छ। संक्रमित मध्ये चार लाख ७८ हजार ७४१ जना उपचारपछि घर फर्किएका छन्।