वीरगञ्जका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५७ पुग्यो
वीरगञ्जका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५७ पुग्यो
१७ वैशाख २०७७ वीरगञ्ज : नेपालमा पनि प्रभाव बढाउने क्रममा रहेको कोरोना संक्रमणले वीरगञ्ज महानगरपालिकामा थप एक जनालाइ संक्रमित तुल्याएको छ । गत आइतबार मात्र महानगरका वीरगञ्ज ३ का सफाइ नाइकेमा फेला परेको थियो ।
बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।
तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सफाई कर्मचारी मा नयाँ संक्रमण देखिएको भनेर दिएको जानकारी गलत रहेको र त्यो त्रुटीपूर्ण रुपमा आएको बताउँदै नयाँ भनिएको बिरगंजको केस गत आइतबारकै पुनः परिक्षणको रिपोर्टमात्र आएको भनेर भुल सुधार गरेको छ।
मन्त्रालयबाट प्राप्त जानकारीका आधारमा हामीले संक्रमित संख्या ५८ पुगेको जानकारी हाम्रा पाठकहरुलाई गराएकोमा सो अन्यथा हुन गएकोमा क्षमा प्रार्थी छौं।