खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

२७ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को दोस्रो लेगको खेलमा आज स्पनिस क्लब भ्यालेनसियाले इटालियन क्लब एट्लान्टाविरुद्ध खेल्दै छ भने अर्को खेलमा जर्मन क्लब आरबि लेइपजिजले इङ्ग्लिस क्लब टोटनहमसँग आफ्नो घरेलु मैदानमा खेल्दैछ ।

भ्यालेनसिया बिरुद्ध एट्लान्टा र आरबि लेइपजिज बिरुद्ध टोटनहमको खेल एउटै समय रहेको छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

पहिलो लेगको खेलमा इटालियन क्लब एट्लान्टाले स्पनिस क्लब भ्यालेनसियालाइ ४-१ गोलले पराजित गरेको हुन्छ ।

त्यस्तै आज राति हुने अर्को खेलमा जर्मन क्लब आरबि लेइपजिजले इङ्ग्लिस क्लब टोटनहमआमने सामने हुने छन् । पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग १-० ले पराजित भएको थियो ।

इङ्गलिस् क्लब टोटनहम गएको सिजन फाईनल सम्म पुगेको थियो । इङ्गलिस् क्लब टोटनहम गएको सिजन फाईनलमा लिभरपुलसँग २-० ले पराजित भएको थिए ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु

१. रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक