खेलकुदफुटबल

बि डिभिजन लिगमा आज दुई खेल हुँदै, रोमाञ्चक अंक तालिका सहित

बि डिभिजन लिगमा आज एक खेल हुँदै, रोमाञ्चक अंक तालिका सहित

२७ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुई खेलहरु हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लबले पुलचोक क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा बाँसबारी क्लबले रानीपोखरी कर्नर टिमको सामना गर्दै छ।

पुल्चोक स्पोर्टस क्लब र सातोबाटो क्लबको खेल १२:३० देखि हुँदै छ भने बाँसबारी क्लब र रानीपोखरी कर्नर टिमको खेल ३:३० बजे देखि हुँदै छ ।

पुल्चोक स्पोर्टस क्लबले हाल सम्म अंक जोड्न सफल भएको छैन् । पुल्चोक स्पोर्टस क्लब अंक बिहिन रहदै तालिकाको पुछरमा रहेको छ । यता सातोबाटो क्लब भने लिगको दोस्रो स्थानमा रहेको छ । सातोबाटो क्लबको ९ अंक रहेको छ ।

बाँसबारी क्लब अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बाँसबारी क्लब ३ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम भने अंक तालिकाको नवौ स्थानमा रहेको छ । रानीपोखरी कर्नर टिम २ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा रहेको छ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।