खेलकुदफुटबल

च्याम्पियन्स लिग:१४ मिनेटमा रोबर्ट लेवान्डोस्कीको ४ गोल

च्याम्पियन्स लिग:१४ मिनेटमा रोबर्ट लेवान्डोस्कीको ४ गोल
१२ मङ्सिर २०७६ एजेन्सी: पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरेपछि बार्यन म्युनिखले फराकिलो जित हात परेको छ ।
मंगलबार राति भएको खेलमा सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले पराजित गरेको छ ।
१४ मिनेट ३१ सेकेन्डमा रोबर्ट लेवान्डोस्कीले ४ गोल गरेका हुन् ।
खेलमा बायर्न म्युनिखले १४ औ मिनेटमा पहिलो अग्रता लिएको थियो ।
बायर्न म्युनिखले पहिलो अग्रता लियोन गोत्र्जकाको गोलबाट लिएको थियो ।
५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
रोबर्ट लेवान्डोस्कीले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाउन सफल भएका थिए ।
अन्तिम समयमा कोरेन्टिन टोलीसोले बार्यनका म्युनिख लागि छैटौं गोल गरे ।

जितसँगै समूह ‘बी’ मा अपराजित रहेको बायर्नले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नको ५ खेलबाट १५ अंक छ । बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ ।