खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै: नेपाली समय र लाईभ बारे सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै: नेपाली समय र लाईभ बारे सम्पूर्ण जानकारी
११ मङ्सिर २०७६ : युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् ।
आज हुने खेलमा सबैभन्दा बढी आकर्षणको केन्द्र स्पेनिस महारथी बार्सिलोना र जेर्मन कलब बोरुसिया डोर्टमण्ड सामने हुँदैछन् ।
अर्को खेल स्पेनिस कलब भ्यलन्सिया र इंग्लिश कल्ब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछन् । आजै हुने अर्को खेलमा स्लाभिया प्रहार र इन्टर मिलान भिडने छन् । फ्रेन्च क्लब लिले र डच क्लब आयाकसको खेल पनि आजै हुँदै छ ।
आज हुने खेलमा सबैभन्दा बढी अर्को आकर्षणको केन्द्र ङ्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब नापोलीबीच हुँदै छ ।

त्यस्तै जेनिटले लियोनको सामना गर्ने छ । लिपिजले बेनिफिकाको समान गर्दा छ । जिन्क बिरुद्ध रेड बुलको खेल पनि आजै रहेको छ ।

कसरी हेर्ने लाईभ –
नेपालमा युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लाईभ सोनी नेटवर्क बाट हेर्न सक्नु हुन्छ । www.sonyliv.com लगिन गरेर पनि हेर्न सक्नु हुने छ ।
sonyliv मोबाइल एपडाउन लोड गरेर पनि हेर्न सक्नु हुने छ ।

यी हुन् आज हुने खेल र समय :
जेनिट बिरुद्ध लियोन:(११:४० बजेदेखि)
भ्यलन्सिया बिरुद्ध चेल्सी:(११:४० बजेदेखि)
बार्सिलोना बिरुद्ध बोरुसिया डोर्टमण्ड:(१:४५ बजेदेखि)
स्लाभिया प्रहार बिरुद्ध इन्टर मिलान:(१:४५ बजेदेखि)
लिले बिरुद्ध आयाकस:(१:४५ बजेदेखि)
लिभरपुल बिरुद्ध नापोली:(१:४५ बजेदेखि)
लिपिज बिरुद्ध बेनिफिका:(१:४० बजेदेखि)
जिन्क बिरुद्ध रेड बुल:(१:४५ बजेदेखि)