बेटिससँग रियल मड्रिड पराजित भएपछी शीर्ष स्थानमा पुग्ने मौका गुमायो

बेटिससँग रियल मड्रिड पराजित भएपछी शीर्ष स्थानमा पुग्ने मौका गुमायो

२६ फागुन २०७६ काठमाडौं : स्पानिस ला लिगामा गए राती भएको खेलमा रियल मड्रिड पराजित भएको छ । खेलमा रियल मड्रिड रियल बेटिससँग २–१ गोल अन्तरले हारेको हो ।

बार्सिलोनाभन्दा २ अंकले पछिरहेको रियल मेड्रिडले बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने मौका हारका कारण गुमाएको छ भने उपाधि होडमा धक्का लागेको छ ।

पहिलो हाफमा दुवै टोलीबीच १-१को बराबरी भएको खेल दोश्रो हाफको ८२ औं मिनेटमा बार्सिलोनाका पुर्व खेलाडी क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टेलोको गोल नै निर्णायक बन्दा बेटिस विजयी भएको हो ।

हारपछि २७ खेलबाट ५६ अंक रहेको रियल दोस्रो स्थानमा यथावत् छ । समान खेलबाट ५८ अंक रहेको बार्सिलोना पहिलो स्थानमा छ । रियललाई हराउँदै ३३ अंक जोडेको बेटिस १२ औं स्थानमा उक्लेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ