खेलकुदफुटबल

बि डिभिजन लिग: ब्वाइज युनियन र मध्यपुरको खेल बराबरि

२५ फागुन २०७६ : बी डिभिजन लिगमा आज एक खेल मात्र भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको खेलमा ब्वाइज युनियन क्लबले मध्यपुर युथ एसोसिएसनको सामना गरेको छ।

भखरै सम्पन्न भएको खेलमा ब्वाइज युनियन क्लबल र मध्यपुर युथ एसोसिएसनको खेल गोल रहित बराबरिमा सकिएको छ।

दुबै टोलिले पाएको राम्रो अवसरमा गोल गर्न नस्क्दा खेल बराबरिमा सकिएको छ।

बराबरिमासंगै ब्वाइज युनियन क्लब ७ अंक सहित पाँचौ स्थानमा रहेको छ भने मध्यपुर युथ एसोसिएसन एक अंक सहित लिग तालिकाको पुछरमा रहेको छ ।

दुवै टोलीले समान चार-चार खेल खेलेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।