शानदार जितसँगै रियल मड्रिडको ३ अंकको अग्रता
शानदार जितसँगै रियल मड्रिडको ३ अंकको अग्रता
२७ माघ २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित दर्ता गरेको छ । रियल मड्रिडले आइतबार राति भएको खेलमा ओसासुनालाई ४-१ ले पराजित गरेको हो । सानदार जितसँगै रियल मड्रिडले ला लिगा फुटबलमा ३ अंकको अग्रता स्पष्ट गरेको छ ।
ओससुनको घरेलु मैदानमा जित दिलाउन ४ जना खेलाडीले गोल गरेका थिए । रियलको जितमा इस्को,सर्जियो रोमस,लुकास भास्केज र लुक जोभिक्ले गोल गरेका थिए । ओसासुनाबाट एक गोल उनाइ ग्रासियाले गरेका थिए ।
खेलको १४ औं मिनेटमा घरेलु टोली ओसासुनाबाट गोल भएको थियो । घरेलु टोली ओसासुनाका उनाइ ग्रासियाले गोल गरेका थिए। तर रियल मड्रिडका इस्कोले गोल गर्दै खेलाई बराबरीमा लाएका थिए। खेलको ३३ औं मिनेटमा इस्कोले गोल गर पछि खेल १-१ को बराबरीमा आएको थियो ।
खेलको ३८ औं मिनेटमा रोमसले गोल गर्दै रियल मड्रिडलाइ पहिलो हाफमा २-१ अग्रता दिलाए। लुकासले खेलको ४८ औं मिनेटमा गोल गरेपछि खेलाई ३-१ अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा लुक जोभिक्ले गोल गरेपछि रियलले ४-१ गोल ले जित दर्ता गर्यो ।
जितसँगै रियालले स्पेनिस ला लिगा फुटबलमा ३ अंकको अग्रता रहेको छ । रियालको २३ खेलबाट ५२ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ४९ अंक सहित दोस्रो स्थान हासिल गरेको छ । ओसासुना २८ अंक जोडेर १२औं स्थानमा छ ।