एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियलले उचालो स्पेनिस सुपरकपको उपाधि
एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियलले उचालो स्पेनिस सुपरकपको उपाधि
२८ पौष २०७६ एजेन्सी : एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपरकपको उपाधि उचालेको छ। एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पक्रजित गर्दै रियल मड्रिडले ११औ पटक स्पेनिस सुपरकपको उपाधि उचालेको हो।
निकै तनावपुर्ण बनेको खेलमा १० खेलाडीमा सिमित बनेको रियालले एट्लेटिकोलाई पेनाल्टी
सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि हात परेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टीमा रियालका ड्यानियल कार्भाहल, रोड्रिगो,लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एट्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए भने निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए ।
बुधबार राति साउदी अरेवियामा भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको थियो भने बिहिबार राति भएको अर्को सेमीफाइनल खेलमा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको थियो ।
रियल मड्रिडले यो सिजनको तथा नँया वर्ष २०२० को पहिलो उपाधि उचाल्ने छ । रियल मड्रिड ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने एट्लेटिको मड्रिड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बार्सिलोना र रियल मड्रिडको समान अंक भए पनि गोल अन्तरको आधारमा बार्सिलोना पहिलो स्थानमा रहेको छ ।