फुटबल

आहारारा गोल्डकप: थ्रीस्टारको सानदार जित, सेमिफाइनल प्रवेश

आहारारा गोल्डकप: थ्रीस्टारको सानदार जित, सेमिफाइनल प्रवेश

२६ फागुन २०७६ पोखरा : पोखरामा आयोजित आहा रारा गोल्डकप अंतर्फत आज भएको खेलमा थ्री स्टारक्लब जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ।

पोखरा स्थित निर्माणाधीन अन्तरास्ट्रिय रंगशालामा जारि खेलमा थ्री स्टारले भारतको गान्तोक सिटि एफसीलाइ ३-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

त्यसअघि खेलको ७९औं मिनेटमा सन्जोग राईले पहिलो गोल गर्दै थ्री स्टारलाइ अग्रता दिलाएका थिए । त्यसपछि थ्रीस्टारलाई जिताउनेक्रममा सुशन श्रेष्ठले ‘इन्जुरी’ समयमा दुई गोल गरेपछि थ्री स्टार ३-० ले \जित निकाल्न सफल भएको हो ।

जितसँगै सेमिफाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्नेछन् । यो खेलको विजेताले सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

१० टोली सहभागी आहा-रारा गोल्डकप फुटबलको उपाधि विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन ।