सिरी ए : युभेन्टस र इन्टर मिलानको सम्भावित प्लेइङ ११
सिरी ए : युभेन्टस र इन्टर मिलानको सम्भावित प्लेइङ ११
२५ फागुन २०७६ एजेन्सी : इटालियन सिरी ए लिगमा आज रोमान्चक खेल हुँदै छ । आजको खेल उपाधि होडमा रहेका युभेन्टस र इन्टर मिलानबिच हुँदै छ ।
आज खेलको युभेन्टसको घरेलु मैदानमा हुँदै छ । युभेन्टस र इन्टर मिलानको खेल आज राति १:३० बजे देखि सुरु हुँदै छ । अघिल्लो सातानै हुनु पर्ने खेल कोरोन भाइरसले गर्दा आज रातिको लागि सरेको हो।
सिरी ए को अंक तालिकामा लाजियो शिर्ष स्थानमा रहेको छ । लाजियोको २६ खेलबाट ६२ औं अंक रहेको छ । त्यस्तै युभेन्टसको २५ खेलबाट ६० औं अंक रहेको छ भने इन्टर मिलानको २४ खेलबाट ५४ अंक रहेको छ ।
यसअघि सिजनको पहिलो भेटमा युभेन्टसले इन्टर मिलानलाइ उसकै घरमा १-२ गोलले पराजित गरेको थियो । यो खेल दर्शक बिनाको बन्द रंगशालामा हुने छ। कोरोन भईर्सको समक्र्ण फैलिन नदिन यो खेल बन्द रंगशालामा गरायीएको हो ।
युभेन्टसको सम्भावित प्लेइङ ११: वज्निक सिजेस्नी,एलेक्स स्यान्ड्रो, लियोनार्डो बोनुची, जर्जियो चिलीनी, डानिलो; मिरालेम पजानिक, आरोन राम्से, ब्लेज मटुइडी; क्रिस्टियानो रोनाल्डो, जुआन कुआड्राडो, पाउलो डाइबाला
इन्टर मिलानको सम्भावित प्लेइङ ११: समीर हन्डानोभिक, डिएगो गोडिन,मिलान स्क्रिनियार, स्टेफन डी भ्रिज; क्रिस्टियानो बिरागी, क्रिश्चियन एरिक्सन, निको बरेला, मार्सेलो ब्रोजोभिक, एशले यंग; रोम्लु लुकाकू, लौटरो मार्टिनेज
