खेलकुदफुटबल

रोनाल्डोको क्रितीमानी गोलमा युभेन्टस शिर्ष स्थानमा

रोनाल्डोको क्रितीमानी गोलमा युभेन्टस शिर्ष स्थानमा

११ फागुन २०७६ एजेन्सी: क्रिस्टियानो रोनाल्डोको क्रितीमानी गोलमा युभेन्टस शिर्ष स्थानमा उकिलिएको छ । सनिबार राति भएको खेलमा युभेन्टसले घरेलु टोलीलाई एसापाललाइ २-१ ले पराजित गरेको छ । युभेन्टसको जितमा रोनाल्डो र आरोन राम्सले गोल गरेका थिए । एसापालको लागि आन्द्रेयले पेलान्टी मार्फत गोल गरेका थिए।

युभेन्टसका लागि पहिलो गोल क्रिस्टियानो रोनाल्डो ३९ औं मिनेटमा गरेका थिए । सोहि गोलको मदतले युभेन्टस पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको ६० औं मिनेटमा आरोन राम्सले गोल गर्दै युभेन्टस अग्रता २-० बनाएको थियो। तर खेलको ६९ औं मिनेटमा एसापालको लागि आन्द्रेयले पेलान्टी मार्फत गोल गरे तर जित भने दिलाउन सकेनन् ।

१००० औं खेल खेलेका क्रिस्टियानो रोनाल्डोले सिरी ‘ए मा ११ खेलमा ११ गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गर्न सफल भएका हुन् ।

जितसँगै युभेन्टसले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । युभेन्टसको २५ खेलबाट ६० अंक छ ।एक खेल कम खेलेको लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । एसपाल १५ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।