क्रिकेटका विषयमा विवाद हुँदा महिलामाथि तेजाब प्रहार

क्रिकेटका विषयमा विवाद हुँदा महिलामाथि तेजाब प्रहार

२५ फागुन २०७६ : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ मा महिलामाथि तेजाब प्रहार भएको छ । क्रिकेट खेल्ने क्रमममा ब्याट भाचिएपछि विवाद हुँदा महिलामाथि तेजाब प्रहार गरिएको हो ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । आफ्ना बच्चा क्रिकेट खेल्ने कर्ममा हरि नारायण बरइको पसलमा बल पुगेपछि आक्रोशित हुँदै बरइले ब्याट भाचिदिएपछि बच्चाका आफन्त सँग विवाद सुरुहुँदा छिमेकी हरिनारायण बरइले तेजाब प्रहार गरेपछि ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । वरईले क्रिकेट ब्याड भाँचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए ।

वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ । तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । हरिनारायण बरइलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ