क्रिकेटखेलकुद

ICC Women’s t20 World Cup Final: अस्ट्रेलिया र भारतको सम्भावित प्लेइङ ११

ICC Women’s t20 World Cup Final: अस्ट्रेलिया र भारतको सम्भावित प्लेइङ ११

२५ फागुन २०७६ : महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोलि अष्ट्रेलियाले भारतको सामना गर्ने छ । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आज आइतबार हुँदै छ । खेल नेपाली समय अनुसार आइतबार दिउसो १२:४५ बजे देखि सुरु हुने छ ।

भारत र इङल्याण्डको पहिलो सेमीफाइनल खेल वर्षाले प्रभाबित पारेको थियो । खेल वर्षाले प्रभाबित पारेपछि समुह चरणको खेललाई आधारित मान्दै भारतीय महिला टोलि टी-२० विश्वकपको पहिलो पटक फाइनलमा प्रबेश गरेका हो ।

भारतले समुह ए चरण बाट चारै खेल जितेको थियो भने इङल्याण्डले समुह ए बि बाट तीन खेल मात्र जितेको थियो ।

दोस्रो सेमीफाईनल खेल पनि वर्षाले प्रभावित पर्यो र अष्ट्रेलियाले डीएल मेथडका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनायो ।

अष्ट्रेलियाले चार पटकको विश्वकप हात परेको छ भने छैटौ पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाको प्रतिद्वन्द्वी भारत भने पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

भारतको सम्भावित प्लेइङ ११: स्मृति मंधाना, सफली वर्मा, तानिया भाटिया, जेमिम्ह रोड्रिग्स, हरमनप्रीत कौर (सी), दीप्ति शर्मा, वेद कृष्णमूर्ति, शिखा पाण्डे, राधा यादव, राजेश्वरी गायकवाड, पूनम यादव

अस्ट्रेलिया सम्भावित प्लेइङ ११: एलिसा हेली (विकेटकिपर ), बेथ मुनी, मेग लेनिंग, एश्लेग गार्डनर, रचेल हेनेस, सोफी मोलिनेक्स, डेलिसा किम्मिन्सर, निकोल क्यारी, जेस जोनासेन, जर्जिया वेयरहैम, मेगन शुट