खेलकुदफुटबल

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

६ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउटचरणको खेलहरु आजबाट सुरु हुँदै छ। अन्तिम १६ को पहिलो खेलमा आज साबिक बिजेता लिभरपुलले एट्लेटिको मड्रिडको सामना गर्नछ भने दोस्रो खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनको सामना गर्नेछ ।

साविक विजेता लिभरपुल विरुद्ध एट्लेटि मड्रिड र बोरुसिया डोर्टमण्ड बिरुद्ध पेरिस सेन्ट जेर्मनको खेल एउटै समय रहेको छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

लिभरपुलले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने एट्लेटिको मड्रिड उपाधि बिहिन रहेको छ । इङ्ग्लिस क्लब लिभरपुल प्रिमियर लिगको शिर्ष स्थान रहेको छ भने एट्लेटि मड्रिड ला लिगाको चौथो स्थनमा रहेको छ ।

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

बोरुसिया डोर्टमण्ड एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि हात परेको छ भने पेरिस सेन्ट जेर्मन उपाधि बिहिन रहेको छ ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु

१. रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक