फुटबल

ला लिगा : डर्बी खेलमा बेटिसमाथि सेभिल्लाको सहज जित

ला लिगा : डर्बी खेलमा बेटिसमाथि सेभिल्लाको सहज जित

३० जेठ २०७७ काठमाडौँ : ला लिगा अन्तर्गत गए राति भएको दर्बि खेलमा सेभिल्लाले सहज जित निकालेको छ। सेभिल्लाले रियल बेटिसमाथि २-० को सहज जित निकालेको छ ।

बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले प्रतिद्धन्दी रियल बेटिसमाथि २–० को जित निकाल्न सफल भएको हो ।

कोरोना भाईरसको महामारीका कारण ला लिगा तीन महिना अबरुद्ध बनेको थियो । करिब तीन महिनापछि बिहिबार सुरु लिगको पहिलो खेलमा सेभिल्लाले महत्वपूर्ण तीन अंक बटुलेको हो ।

लुकास ओक्याम्पोसले ५० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा फर्नान्डो रेज्सले सेभिल्लाका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

जितसगै तेस्रो स्थानको सेभिल्लाले ५० अंक जोडेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडसंगको दुरी ६ अंकमा पुर्याएको छ ।

शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । लिगमा शनिबार बार्सिलोना र आईतबार रियल मड्रिडले पहिलो पटक आ आफ्नो खेल खेल्नेछन् ।