ला-लिगा: कासेमिरोको निर्णायक गोलमा रियल मड्रिड शीर्ष स्थानमा
ला-लिगा: कासेमिरोको निर्णायक गोलमा रियल मड्रिड शीर्ष स्थानमा
१५ असार २०७७ काठमाडौं : कासेमिरोले पहिलो हाफमा गरेको पहिलो र निर्णायक गोलमा रियल मड्रिडले ला लिगामा स्पायनयोललाई १-० ले पराजित गरेको छ । जितपछि रियल बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।
स्पानयोलको मैदानमा भएको खेलमा कासेमिरोले पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए । उनले करिम बेन्जामाको पासमा गोल गरेका हुन् ।
जितपछि ३२ खेलबाट ७१ अंक जोडेको रियल शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट ६९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।
यस्तै ला लिगाकै अन्य खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै भियारियाल पाँचौ स्थानमा उक्लेको छ । ३२ खेलबाट भियारियालको ५१ अंक छ । समान खेलबाट ४६ अंक रहेको भ्यालेन्सिया आठौं स्थानमा छ ।
अर्को खेलमा आइबरले ग्रानडालाई २-१ ले पराजित गरेको छ ।