ला लिगा: मेस्सीको गोलमा बार्सिलोनाको जित
ला लिगा: मेस्सीको गोलमा बार्सिलोनाको जित
६ माघ २०७६ काठमाडौं : बार्सिलोनाका कप्तान लिओनल मेस्सीले गरेको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानाडालाई १–० ले पराजित गरेको छ । किके सेटिएन नयाँ प्रशिक्षक बनेपछि बार्सिलोनाको यो पहिलो जित हो ।
खेलमा ८२ प्रतिशत बल पोसेसन कायम राखेको बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । तर दोश्रो हाफको मेस्सीले अर्टुरो भिदालको पासमा गोल गरेका थिए ।
६९औं मिनेटमा ग्रानाडाका जर्मन सान्चेज रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि ग्रानाडा दश खेलाडीमा झरेको थियो। त्यसको सात मिनेटपछि मेस्सीले बार्सिलोनाका लागि गोल गरेका हुन् ।
जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । २० खेलबाट बासिलोनाले ४३ अंक जोड्दै रियल मड्रिडलाई गोलअन्तरमा पछि पारेको हो । रियलको पनि २० खेलबाट ४३ अंक नै छ । २० खेलबाट २७ अंक जोडेको ग्रानाडा १० औं स्थानमा छ ।