खेलकुदफुटबल

म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

६ फागुन २०७६ एजेन्सी: ईङ्गलिस प्रिमियर लिग फुटबल खेल अन्तर्गत हिजो राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाइ २-१ पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्मार्टफोर्ड ब्रिजमा भएको खेलमा एन्थोनी माटियल र ह्यारी मागुईरिले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाइ जित दिलाएका छन् ।

म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

म्यान्चेस्टर युनाइटेड पहिलो हाफमै १-० अग्रता लिन सफल भएको थियो । म्यान्चेस्टर युनाइटेडका लागि पहिलो हाफमा एन्थोनी माटियलले औं ४५ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा दोस्रो गोल गर्न सफल हुन्छ । खेलको ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत गोल गर्दै म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर बनाएका थिए।

घरेलु टिम चेल्सीले पनि दुई गोल गर्छ तर सो गोल मान्यता नपाउदा लन्डन क्लब चेल्सीले म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ। चेल्सीले खेलको ५४ औं मिनेटमा पहिलो गोल गर्छ तर भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता पाउदैन । चेल्सीले दोस्रो गोल खेलको ७७ औं मिनेटमा गर्छ सो गोल पनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता पाउदैन ।

जितसंगै म्यानचेस्टर युनाइटेड ३८ अंक जोडेर सातौ स्थानमा उक्लिन छ भने हारपाछि चेल्सी चौथो स्थानमा यथावत् रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *