क्रिकेटखेलकुद

कोरोना प्रभाब : एसिसि इस्टर्नको रिजनको खेलतालिकानै परिवार्तन

कोरोना प्रभाब: एसिसि इस्टर्नको रिजनको खेलतालिकानै परिवार्तन

६ फागुन २०७६ काठमाडौँ: एसिसि इस्टर्नको रिजनको नँया खेल तालिका सार्वजनिक भएको छ । इस्टर्न रिजनको प्रतियोगिता फागुन १७ देखि फागुन २३ सम्म थाईल्याण्डमा हुनेछ। प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार जनाएका थिए तर कोरोना भाइरसका प्रभाबले गर्दा चीन,भुटान र म्यानमार प्रतियाेगितामा सहभागिता नजनाउने भएकाे छ । काेराेना भाइरसका कारण गर्दा यी तिन राष्ट्रले सहभागिता नजनाउ लागा हुन्।

एसिसि इस्टर्नको रिजनको नँया खेलतालिका अनुसार नेपाले पहिलो खेल फागुन १७ गते मलेसियासँग खेल्ने छ दोस्रो खेल फागुन १८ मा हङकङ विरुद्ध खेल्ने छ । त्यस्तै तेस्रो खेल फागुन २१ मा थाईल्यान्ड बिरुद्ध खेल्ने छ र फागुन २३ मा सिंगापुर विरुद्ध खेल्ने छ । प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

ईस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् । इस्टर्न रिजनको राष्ट्रिय टोलिमा सोमपाल कामी, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा छैनन् ।

याे प्रतियाेगिताकाे प्रशिक्षकका रूपमा जगत टमाटालाइ जिम्मेवारी दिएकाे छ।

एसिसि इस्टर्नको रिजनको नँया खेलतालिका

एसिसि इस्टर्नको रिजनको नँया खेलतालिका