ए डीभिजन लिग: भरतको ५० औ गोलमा अर्मिको जित
२८ माघ २०७६ काठमाडौं : ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ।
सातदोबाटो स्थित एन्फा कोम्पेलेस मैदानमा भएको खेलमा त्रिभुवन आर्मिले ब्रीगेड बोइजलाई ३-० गोल अन्तरले हराएको हो।
सुरुवाती समयमै अग्रता लिन सफल अर्मिले खेलको ५ औ मिनेटमा पहिलो गोल गरेको थियो। पहिलो गोल त्रिभुवन आर्मीका कप्तान भरत खवासले गरेका थिए। भरत खवासले आर्मीलाई सुरुवाती अग्रता मात्र दिलाएनन उनले आफ्नो नाममा ५० गोल पुरा गर्ने ७औ खेलाडीसमेत बन्न पुगे। भरतले हेडमार्फत गोल गरेका थिए।
