खेलकुदफुटबल

ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

२४ पौष २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहिबार) दुई खेल हुँदै छ । आजको पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लबबिच हुँदै छ भने दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ ।

विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लबबिच खेल १२ बजे देखि आर्मी र पुछारमा रहेको सरस्वती क्लबको खेल ३ बजे देखि सुरु हुँदै छ ।

गत सिजनको उपविजेता संकटा ४ अंक सहित तालिकाको ११ औं स्थानमा रहेको छ भने एपीएफ क्लब तालिकाको १० औं स्थानमा रहेको छ । त्यस्तै सरस्वती युवा क्लब भने खेल तालिकाको अन्तिम स्थानमा रहेको छ सरस्वती अहिले सम्म अंक जोड्न सफल भएको छैन् । आर्मीको भने ९ अंक सहित ४ स्थानमा रहेको छ ।