खेलकुदफुटबल

ए डिभिजन लिग: मनाङलाइ शिर्ष स्थानमा उक्लने मौका

ए डिभिजन लिग: मनाङलाइ शिर्ष स्थानमा उक्लने मौका

१० माघ २०७६ काठमाडौँ : जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुने भएको छ । पहिलो खेल मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।

दिनको १२ बजे हुने पहिलो खेलमा मनाङ र सरस्वती क्लब भिड्ने छन् भने ३ बजे हुने दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईजले प्रतिस्पर्धा गर्नेछन ।

मनाङको ७ खेल बाट १३ अंक रहेको छ । मनाङले तिन खेलमा जित दर्ता गरेको छ भने ४ खेल बराबरी खेलेको छ । मनाङ अहिले सम्म एक खेलमा पनि पराजित भएको छैन् । १३ अंक जोडेको मनाङ अंक तालिकाको चौथो स्थानमा रहेको छ । एक अंक जोडेको सरस्वती क्लब अंक तालिकाको पुछरमा रहेको छ । सरस्वती क्लब ६ खेलमा पराजित भएको छ भने १ खेल बराबरी खेलेको छ ।

दोस्रो खेल च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ । दोस्रो खेल ३ बजे देखि सुरु हुदै छ । च्यासल युथ क्लब ७ खेलबाट ६ अंक सहित १२ औ स्थानमा छ । च्यासल युथ क्लब अहिले सम्म एक खेलमा जित दर्ता गरेको छ भने ३ खेलमा पराजित ३ खेलमा बराबरी खेलेको छ।