खेलकुदफुटबल

ए डिभिजन लिग: एपीएफको जितमा लिगकै सर्वाधिक गोलकर्ता बने आशिष लामा

ए डिभिजन लिग: एपीएफको जितमा लिगकै सर्वाधिक गोलकर्ता बने आशिष लामा

२७ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा एपीएफले जित दर्ता गरेको छ। जित संगै एपीएफ रेलिगेसनबाट जोगिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा एपीएफले फ्रेन्ड्सलाइ ५-२ ले पराजित गरेको छ । एपीएफलाइ जित दिलाउन आशिष लामाले २ गोल, प्रविन कुमारको २ र तोप बहादुर बिष्टले एक गोल गरे ।

सुरुवाती समयमै लिड गर्न सफल एपीएफले खेल सुरु भएको १२औ मिनेटमै पहिलो गोल गर्न सफल भयो। एपीएफका लागि आशिस लामाले पहिलो गोल गरेका थिए। खेलको ४०औ मिनेटमा एपीएफकै आशिस लामाले दोश्रो गोल गर्दै एपीएफलाइ २-० को अग्रर्ता दिलाए। यस पछि कुनैपनि गोल हुन सकेन र पहिलो हाफ यतिमै समाप्त भयो।

दोश्रो हाफमा लिड गरिरहेको एपीएफलाइ रोक्न सफल फ्रेन्ड्सले ६९औ मिनेटमा पहिलो गोल गर्दै एपीएफको अग्रतालाइ २-१ मा झार्न सफल भयो। फ्रेन्ड्सका लागि फिलिपे डिसुजाले पहिलो गोल गरे। त्यस लगत्तै खेलको ७१औ मिनेटमा एपिएफ़ले तेश्रो गोल फर्काउदै आफ्नो अग्रता कायम राख्यो। एपीएफका लागि तेश्रो गोल तोप बाहादुर बिष्टले गरेका थिए।

गोल हुने क्रम दुवै पोस्टमा नोरिकिएको खेलमा ७६ औ मिनेटमा एपीएफको पोस्टमा फ्रेन्ड्सले फेरी अर्को गोल प्रहार गर्न सफल भयो। र एपीएफको अग्रता छ्योट्याउँदै खेललाई ३-२ गोल अन्तरमा पुर्यायो।

त्यसपछि अतिरिक्त समयमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्दै खेल ५-२ गोल अन्तरले जितेको हो।

जित संगै रेलिगेशनको डर समाप्त भएको एपीफका आशिस लामाले लिग कै सर्वाधिक गोल गरेका छन।

एपीएफका आशिस लामा सर्वाधिक गोल गर्ने सन्तोष साउखलको ७ गोलको अग्रता तोड्दै लिगमा ८ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका हुन् ।