ए डिभिजन लिग: च्यासलको जितसँगै सरस्वती रेलिगेसनमा
ए डिभिजन लिग: च्यासलको जितसँगै सरस्वती रेलिगेसनमा
२७ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले सरस्वती युथ क्लबलाइ पाराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा च्यासल युथ क्लबले सरस्वती युथ क्लबलाइ २-१ ले पराजित गर्यो । च्यासल युथ क्लबलाई जित दिलाउन ताईगा नाकामुरा र ह्याटोले गोल गरेका थिए ।
सुरुवाती समयमै च्यासल युथ क्लबले अग्रता लिन सफल भयो । खेलको १८ औं मिनेटमा जापानी खेलाडी तैगा नाकामुराले गोल गरेका थिए। जापानी खेलाडी तैगा नाकामुराले फ्रीकिक मार्फत गोल गर्न सफल भएका थिए । दोस्रो गोल खेलको ६६ औं मिनेटमा भएको थियो । दोस्रो गोल जापानका खेलाडी ह्याटोले गरेका थिए । ६६ औं मिनेटमा ह्याटोले दोस्रो गरे पछि च्यासल युथ क्लब खेलमा २-० ले अघि रह्यो। खेलको इन्जुरी समयमा सरस्वती युथ क्लबबाट काजीमले गोल गरेका थिए ।
ए डिभिजन लिगको अंक तालिकामा च्यासल युथ क्लब दशौ स्थानमा रहेको छ । १२ खेलेको च्यासल युथ क्लबले ४ खेलमा जित ३ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ । सरस्वती क्लबभने अंक तालिकाको पुछरमा रहेको छ । १२ खेलेको सरस्वती युथ क्लबले १ खेलमा जित २ खेलमा बराबरी र १० खेलमा पराजित रहेको छ ।
