ए डिभिजन लिग: पहिलो हाफमा च्यासलको अग्रता
ए डिभिजन लिग: पहिलो हाफमा च्यासलको अग्रता
२७ माघ २०७६ काठमाडौँ :सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले दोस्रो खेल हुँदै छ । दोस्रो खेल च्यासल युथ क्लब र सरस्वती क्लबबिच प्रतिस्पर्धा हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी दोस्रो खेलमा च्यासल युथ क्लब पहिलो हाफ सकिदा १-० अघि रहेको छ ।
सुरुवाती समयमै च्यासल युथ क्लबले अग्रता लिन सफल भयो । खेलको १८ औं मिनेटमा जापानी खेलाडी तैगा नाकामुराले गोल गरेका थिए। जापानी खेलाडी तैगा नाकामुराले फ्रीकिक मार्फत गोल गर्न सफल भएका थिए ।
ए डिभिजन लिगको अंक तालिकामा च्यासल युथ क्लब दशौ स्थानमा रहेको छ । ११ खेलेको च्यासल युथ क्लबले ३ खेलमा जित ३ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ । सरस्वती क्लबभने अंक तालिकाको पुछरमा रहेको छ । ११ खेलेको सरस्वती युथ क्लबले १ खेलमा जित १ खेलमा बराबरी र ९ खेलमा पराजित रहेको छ ।
