ए डिभिजन लिग : च्यासल र एपिएफको बराबरी
ए डिभिजन लिग : च्यासल र एपिएफको बराबरी
२७ पुस २०७६ काठमाडौं : ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा भएको दोश्रो खेलमा विभागीय क्लब एपीएफ र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।
छैटौं चरणको जारि खेलमा च्यासल युथ क्लब र एपीएफले गोलरहित बराबरी खेलेसंगै १-१ अंक बाड्नु परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपरेको छ । बराबरीसँगै १ अंक बटुलेको एपीएफको लिगमा ५ अंक भएको छ । च्यासलको भने ६ अंक भएको छ ।