खेलकुदफुटबल

ए डिभिजन लिग: आर्मी, मछिन्द्र र मनाङ उपाधी होडमा

ए डिभिजन लिग: आर्मी, मछिन्द्र र मनाङ उपाधी होडमा

१७ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगका नवौ चरणका खेल बिहिबार सकिएको छ । नवौ चरणको खेल सकिदा खेलले निकै रमाइलो मोड लिएको छ। राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल भोलि(सनिबार) देखि दशौ चरणका खेलहरु सुरु हुँदै छ। शिर्ष तिन क्लब उपाधि होडमा रहेका छन् भने पुछरमा रहेको ३ क्लब रेलिगेशन जोनमा रहेको छ। हिमालयन शेर्पा,एपीएफ र सरस्वती क्लब रेलिगेशन जोनमा रहेको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिकाको कुरा गर्दा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको छ । त्रिभुवन आर्मी ६ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

दोस्रो स्थानमा भने मछिन्द्र रहेको छ । मछिन्द्रले ९ खेल मध्ये ६ खेलमा जित दर्ता गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । मछिन्द्रको १९ अंक रहेको छ । मछिन्द्रले २ खेल बराबरी खेलेको थियो ।

शहीद स्मारक ए डिभिजन अपराजित टिम मनाङ भने १९ अंक रहेको छ । मनाङ ९ खेल मध्ये ५ खेलमा जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । मनाङले चार खेल बराबरी खेलेको छ ।

हिजो भएको खेलमा एनआरटीले ब्रिगेड बोइज पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा अक्लिएको छ ।एनआरटी १५ अंक सहिततालिकाको चौथो स्थानमा रहको छ । एनआरटीले ५ जित,दुई बराबरी र दुई हारका साथ पाँचौ स्थानमा रहेको छ।

गत संस्करणको थ्रिस्टार भने पाँचौ स्थानमा रहेको छ । थ्रिस्टारको ९ खेलबाट १४ अंक रहेको छ । थ्रिस्टारले तिन खेलमा पराजित भएको थियो भने एक दुई बराबरी खेलेको छ भने चार खेलमा जित दर्ता गरेको छ। नेपाल पुलिस क्लब १४ अंकसहित छैटौं स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ३ खेलमा पराजित भएको छ ।

जावलाखेल युथ क्लब भने ३ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित हुदै १२ अंकका साथ सातौ स्थानमा रहेको छ। संकटा १२ अंकसहित आठौ स्थानमा छ। १२ अंक जोडेको
संकटाले क्लब भने ३ खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।

फ्रेण्ड्स नवौ स्थानमा रहेको छ। ११ अंक जोडेको फ्रेण्ड्स क्लबले ३ खेलमा जित दर्ता गरेको छ भने २ खेल बराबरी र ४ खेलमा पराजित रहेको छ ।च्यासल युथ क्लब दशौं स्थानमा रहन सफल भएको छ। च्यासल युथ क्लब २ खेलमा जित ३ खेल बराबरी ४ खेलमा पराजित भएको छ ।

ब्रिगेड बोइज अंक तालिकाको ११ औ स्थानमा रहेको छ । ब्रिगेड बोइजले २ खेलमा जित २ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ । हिमालयन शेर्पा अंक तालिकाको १२ औ स्थानमा रहेको छ । हिमालयन शेर्पाले एक खेलमा जित ४ खेल मा बराबरी र ४ खेलमा पराजित रहेको छ ।

५ अंक सहित एपीएफ १३ औं स्थानमा रहेको छ । एपीएफ एक खेलमा जित २ खेलमा बराबरी र ६ खेलमा पराजित रहेको छ। सरस्वती अंक तालिकाको पुछारमा रहेको छ । सरस्वती एक खेलमा जित एक खेलमा बराबरी र सात खेलमा पराजित रहेको छ।

यसरी लिगको अंक तालिका हेर्दा हाल शीर्ष तीन क्लब आर्मी, मछिन्द्र र मनाङ मात्रै उपाधि होडमा देखिएका छन् । तर, शीर्ष तिनमा रहेका टोलीबीचको एक अंक दुरी मात्र रहेको छ ।

त्यसैले पनि लिगको उपाधि जित्ने अवसर शीर्ष ३ टोलीलाई नै रहेको छ । यस अर्थमा अब प्रत्येक टिमले ४ खेल मात्रै खेल्न बाँकी रहेको छ । लिगमा ५ खेल बाँकी रहँदा मनाङ एक्लो अपराजित टिम हो । डिफेन्डिङ च्याम्पियन मनाङले गत सिजन ८ अंकको अग्रता लिँदै कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । उसले उपाधि हात पार्दा अन्तिमको एनआरटीसँग २९ अंकको अग्रता थियो । यस पटक आर्मी बराबरीमा रोकिएसँगै शीर्ष ३ लाई मुख्य उपाधि दाबेबार मानिएको छ।

अन्य टिमले भने शीर्ष ६ मा रहने लक्ष्य बनाएका छन् । लिगको शीर्ष ६ टिमले राष्ट्रिय लिग खेल्न पाउने छन् । च्यासलका स्ट्राइकर सन्तोष साहुखल जारी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । सन्तोषले यस सिजन ६ गोल गरिसकेका छन् । राष्ट्रिय टिमका पूर्व स्ट्राइकर रहेका सन्तोषले हालै ए डिभिजन लिगमा १०० गोल पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । दशौ चरणका खेल सनिबार सुरु हुनेछ ।

भोलि हुने पहिलो खेलमा थ्री स्टारले सरस्वती युथ क्लबसँग सामना गर्ने छ भने दोस्रो खेलमा एपीएफले मछिन्द्र क्लबसँग सामना गर्ने छ। पहिलो खेल १२ बजे देखि सुरु हुँदै छ भने दोस्रो खेल ३ बजे देखि सुरु हुँदै छ । भोलि हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।