ए डिभिजन लिग: संकटालाइ हराउदै मछिन्द्र शीर्ष स्थानमा
ए डिभिजन लिग: संकटालाइ हराउदै मछिन्द्र शीर्ष स्थानमा
२७ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लब मछिन्द्र युथ क्लबसग पाराजित भएको छ। जित संगै मछिन्द्र लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको तेस्रो खेलमा मचिन्द्र युथ क्लबले संकटा क्लबलाइ ३-१ले पराजित गर्यो। मछिन्द्र क्लबलाई जित दिलाउन देवेन्द्र तामाङ, बिशाल राई(बि) कप्तान दिपक राइले गोल गरेका थिए ।
सुरुवाती समयमा फितलो प्रदर्शन गरेका मछिन्द्रका खेलाडीले पहिलो हाफको अन्त्य तिर सम्हालिदै पहिलो गोल गर्न सफल भए । खेलको ४४ औं मिनेटमा देवेन्द्र तामाङले पहिलो गोल गरेका थिए। देवेन्द्र तामाङले हेड मार्फत पहिलो गोल गरेका थिए। यस पछी कुनै पनि गोल हुन सकेन र पहिलो हाफ १-० गोल अन्तरका साथ् मछिन्द्र अग्रता लिएको थियो ।
दोस्रो गोल दोस्रो हाफको६३ मिनेटमा भएको थियो। दोस्रो गोल बिशाल राईले फ्रीकिक मार्फत गरेका थिए। तेस्रो गोल दिपक राइले गरेका थिए। तेस्रो गोल ८२ मिनेटमा भएको थियोे।
१२ खेल खेलेको मछिन्द्र क्लबले ८ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा पराजित रहदै २८ अङ्क सहित शिर्ष स्थानमा उक्लिएको छ। दोश्रो स्थानमा रहेको आर्मीको २६ अंक रहेको छ भने यसले एकखेल कम खेलेको छ।

