ललितपुरमा पूर्वसचिव पत्नीमाथि सांघातिक हमला
ललितपुरमा पूर्वसचिव पत्नीमाथि सांघातिक हमला
२७ माघ, काठमाडौं : ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनामाथि सांघातिक हमला गरिएको छ उनीमाथि हत्या गर्ने उद्धेश्यले आक्रमण गरिएको हो ।
सोमबार सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले संचारमाध्यामलाइ जानकारी दिएका छन् ।
उनले भने, ‘उहाँको अवस्था गम्भिर छ । हामी अस्पताल लाँदैछौं ।’
घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका कारण घटना झन् पेचिलो बनेकोले अनुसन्धान कडा गर्ने प्रयास प्रहरीले गरेको छ । अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले ? किन ? र कसरी गरायो भन्ने खुलेको छैन ।
ललितपुरका डीएसपी सन्तोष तामाङले भने, ‘कुन हतियार प्रयोग भएको थियो भन्ने हेरिरहेका छौं ।’
