ए डिभिजन लिग: सशस्त्र बिरुद्ध पुलिसको जित
ए डिभिजन लिग: सशस्त्र बिरुद्ध पुलिसको जित
१३ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङशालामा आज भएको पहिलो खेल्मा नेपाल पुलिस क्लबले जित दर्ता गरेको छ । सशस्त्र पुलिस क्लब लाई १-० गिल अन्तरले पराजित गरेको छ ।
पुलिसलाई जित दिलाउन भोला सिलवालले गोल गरेका थिए। खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा मार्फत गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।
यो हार सँगै एपीएफलाई रेलिगेसनको दबाब समेत बढेको छ ।खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिएका छन्।रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि सुदिप शिख्राकारले रातो कार्ड खाएका थिए ।
यस जितसँगै पुलिसले ९ खेलका १४ अंक बनाएको छ । पुलिस ४ जित र २ बराबरीको नतिजाले पाँचौ स्थानमा उक्लियो । एपिएफ भने ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।