ए डिभिजन लिग : फ्रेन्ड्सबिरुद्ध संकटा बिजयी, आर्मीको शिर्ष स्थान कायमै (फोटो फिचर)
ए डिभिजन लिग : फ्रेन्ड्सबिरुद्ध संकटा बिजयी, आर्मीको शिर्ष स्थान कायमै
११ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको संकट र फ्रेन्ड्स क्लब बिचको खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । आज दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटाले फ्रेन्ड्सलाइ १-० ले पराजित गर्नह सफल भएको हो।
पहिलो हाफमा दुवै टोलि नतिजा बिहिन रहेपनि दोस्रो हाफमा संकटाले सुधारिएको प्रदर्शन गर्यो ।
खेलको ६४ औं मिनेटमा अजायी मार्टिन्स कायोदेको गोलमा संकटाले अग्रता लिन सफल भयो । सुवास गुरुङले बायाँ कर्नर नजिकबाट प्रहार गरेको फ्रिकिकमा अजायीले हेड मार्फत गोल गर्न सफल भए । उक्त गोल्नै खेलको निर्णायक गोल बनेको थियो। त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा संकटा विजयी भएको हो ।
यस जितसँगै ८ खेलमा १२ अंक जोडेको संकटा गोल अन्तरका कारण ७औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स भने ८ खेलमा ८ अंकसहित ११ औं स्थानमा सिमित छ ।
त्यसैगरी आजै भएको त्रिभुवन आर्मी क्लब र एनआरटी बिचको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकको मात्र अग्रता बनाउन सफल रह्यो भने १ अंक जोडेको एनआरटी १२ अंक सहित पाँचौ स्थानमा छ भने समान १२ अंक रहेको जावलाखेल छैठौँ नम्बरमा रहेको छ ।