स्पेनिस ला लिगा: मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी
स्पेनिस ला लिगा: मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी
२७ माघ २०७६ एजेन्सी: मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा सघंसपूर्ण जित निकालेको छ । स्पनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसलाइ ३-२ले पराजित गरेको छ। बार्सिलोनालाइ जित दिलाउन मेस्सीले उत्कृष्ट प्रदर्शनमा गरेका थिए। बार्सिलोनालाइ जित दिलाउन फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरेका थिए भने तिनै गोलको अस्सिस्त कप्तान मेस्सीले गरेका थिए ।
खेलको पहिलो गोल खेलको छैटौं मिनेटमा भएकोको थियो । पहिलो गोल रियल बेटिसका सेर्गियो क्यानाल्सले गरेका थिए । पहिलो गोल पेनाल्टी मार्फत भएको थियो ।बार्सिलोनाका फ्रेन्की डी जोङले ९ औं मिनेटमा गोल गर्दै खेललाइ १-१ को बराबरीमा ल्याएका थिए।
रियल बेटिसका नबिल फेकिर २६ औं मिनेटमा गोल गर्दै खेलमा २-१ को अग्रता दिलाएका थिए। बार्सिलोनाका सर्जियो बुस्क्वेट्सले ४५ औं मिनेटमा गोल गर्दै खेलाई २-२ को बराबरीमा ल्याएका थिए। ।क्लेमेन्ट लेङ्लेटले खेलको ७२ औं मिनेटमा निर्णायक गोल गर्दै बार्सिलोनालाइ जित दिलाउन सफल भएका थिए ।
बार्सिलोनाले रियल बेटिसबिच भएको खेल १० -१० खेलाडीमा सिमित हुन् पुगेको थियो । रियल बेटिसका दोहोरो पहेलो कार्ड खादै खेलबाट बाहिरीएका थिए भने बार्सिलोना लेन्जेटले खेलको ७९ औं मिनेटमा गोल खादै खेलबाट बाहिरीएका थिए ।
जितसँगै बार्सिलोनाको ४९ अंक सहित दोस्रो स्थान रहेको छ । पहिलो स्थानमा भने रियाल मड्रिड रहेको छ । रियालको २३ खेलबाट ५२ अंक रहेको छ।
