ए डिभिजन लिग : मनाङ द्वारा एनआरटी पराजित
ए डिभिजन लिग : मनाङ द्वारा एनआरटी पराजित
२६ माघ २०७६ काठमाडौँ : जारि ए डिभिजन लिग अन्तर्गत आज भएको मनाङ मर्स्याङ्ग्दि क्लब ले जित दर्ता गरेको छ। मनाङ र न्यु रोड टिम बीच भएको खेलमा मनाङले एनआरटीक्लबलाइ ४-१ गोल अन्तरले हराएको हो।
मनाङका लागि अन्जन बिष्टले दुइ गोल गरे भने एक गोल बिमल रानाले गरेका छन्। खेलको३५ औ मिनेटमा बिमल राना मनाङका लागि पहिलो गोल गरेका थिए भने ४३ औ मिनेटमा अन्जन बिष्टले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। दोश्रो हाफको ६५ औ मिनेटमा अन्जनले मनाङका लागि तेश्रो गोल गर्दै खेललाई ३-० को अग्रता दिलाए।
खेलको ८९ औ मिनेटमा पाएको मौका एनआरटीका सकल रेग्मीले खेर नफाली गोलमा परिणत गर्दै खेललाई ३-१ गोल अन्तर मा झरना सफल भए। खेलको अतिरिक्त समयमा मनाङका दया नन्द सिंहले अर्को एक गोल धप्दै मनाङलाइ ४-१ को अग्रता दिलाए। त्यस पछि कुनैपनि गोल हुन सकेन र मनाङले खेल ४-१ ले जित दर्ता गरेको छ।
जित संगै मनाङ २२ अंक सहित लिग तालिकाको तेश्रो स्थानमा उक्लिएको छ भने एनआरटी १५ अङ्क सहित आठौँ स्थानमा रहेको छ।