डब्लुसिएल लिग २: भोलि ओमान र अमेरिका भिड्दै
डब्लुसिएल लिग २: भोलि ओमान र अमेरिका भिड्दै
२६ माघ २०७६ काठमाडौँ: आईसीसी विश्व कप क्रिकेट लिग-२ मा भोलि त्रीकोणात्मक सिरिजको पाँचौ खेल हुँदै छ । भोलि पाँचौ खेल अन्तर्गत ओमानले अमेरिकाको समान गर्दै छ । पाँचौ खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ ।
त्रीकोणात्मक सिरिज अन्तर्गत आईसीसी विश्व कप क्रिकेट लिग-२ को खेलमा अमेरिकाले ओमान सँग दोस्रो खेल खेल्न लागा हो । पहिलो खेलमा अमेरिका ओमान सँग ६ विकेटले पराजित भएको थियो ।
त्रीकोणात्मक सिरिजका लागि नेपाली,ओमान र अमेरिकि टिम
नेपाल: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, सुबाश खकुरेल र सन्दीप लामिछाने
ओमान: जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्
अमेरिकी टिम: शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।
अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको ओमान १४ अंकसहित शीर्ष स्थानमा छ । कुल ९ खेल खेल्दा ओमान ७ खेल जितेको थियो भने ४ खेलमा पराजित भएको छ । अमेरिका ६ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा छ। नेपाल अंकतालिकको छैठौ स्थानमा रहेको छ । ३ खेल खेल्दा १ मा जित २ मा पराजित भएको छ ।
विश्व क्रिकेट लिग २ को लाइभ कसरी हेर्ने ?
त्रीकोणात्मक सिरिजको लाईभ भने कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्ने छ ।
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका