ए डिभिजन लिग: सार्वाधिक रातो कार्ड खाने क्लबहरु
ए डिभिजन लिग: सार्वाधिक रातो कार्ड खाने क्लबहरु
२ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगको जारी सिजनको छैटौं चरणको खेल सकिदासम्म रातो कार्ड र पहेलो कार्डखाने विभिन्न क्लबका धेरै खेलाडीहरु देखा परे। आज हामी छैठौ राउण्ड सकिदा सम्म कुन क्लबका कुन कुन खेलाडीले रातो कार्ड खाएका छन् भन्ने बिषयमा चर्चा गर्ने छौ ।
क्लब मध्यमा मनाङ मस्र्याङ्दीक्लबका सब भन्दा धेरै रातो कार्ड खाएका छन् । रातो कार्ड खाने क्लबको दोस्रो स्थनमा त्रिभुवन आर्मी क्लब रहेको छ । त्यसैगरी ब्रिगेड बोइज क्लब, न्यु रोड टीम, हिमालयन शेर्पा, संकटा क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
च्यासल क्लबका कप्तान सन्तोष साउखल ५ गोल सहित सार्वाधिक गोलगर्ने खेलाडीको शिर्ष स्थानमा रहेका छन्। त्यसैगरीसोमाइड(मछिन्द्र),बिमलराणा(मनाङ मस्र्याङ्दी),आशीष लामा(एपिएफ),सुमन लामा(नेपाल पुलिस क्लब),नवयुग श्रेष्ठ(त्रिभुवन आर्मी क्लब) तीन-तीन गोल रहेको छ ।
त्यसैगरी जारी सिजनको छैटौं राउण्ड सकिदा सम्म १० खेलाडीले रातो कार्ड खाएका छन् । रातो कार्ड खाने खेलाडीहरुमा दिपेन राज सिंह (ब्रिगेड बोइज क्लब),युद्ध शाही (त्रिभुवन आर्मी क्लब),जोर्डन जूनियर नेडेम्बा ओवोना(न्यु रोड टीम),निरज बस्नेत(हिमालयन शेर्पा),अंजन राई(नेपाल पुलिस क्लब),अशोक बराल(मनाङ मस्र्याङ्दी),एक राज बुढाथोकी(मनाङ मस्र्याङ्दी),सूरज बिक(मनाङ मस्र्याङ्दी),लक्ष्मण रुचल(संकटा क्लब)र सुमन अर्याल(त्रिभुवन आर्मी क्लब)रहेका छन् ।